मालसामान, निर्माण कार्य र सेवा खरिदको विवरण तयार गर्दा कुनै ब्राण्ड, ट्रेडमार्क, नाम, पेटेण्ट, डिजाइन, प्रकार, उत्पत्ति वा उत्पादकको नाम उल्लेख गर्न सकिन्छ वा सकिदैन ?
Powered by
riri one
सार्वजनिक खरिद ऐन २०६३ को दफा ४ को उपदफा ३ बमोजिम मालसामान, निर्माण कार्य र सेवा खरिदको विवरण तयार गर्दा कुनै ब्राण्ड, ट्रेडमार्क, नाम, पेटेण्ट, डिजाइन, प्रकार, उत्पत्ति वा उत्पादकको नाम उल्लेख गर्न सकिने छैन तर त्यसरी उल्लेख नगरी नहुने अवस्थामा त्यसरी उल्लेख गरी “सो सरह ” भन्ने शब्द उल्लेख गर्नुपर्छ ।