निर्माण, मालसमान तथा परार्मश सेवा खरिदमा सम्झौता अघि आर्थिक विषयमा वार्ता गर्न सकिन्छ वा सकिदैन ?
Powered by
riri one
निर्माण तथा मालसमान खरिदमा सम्झौता अघि वार्ता गर्ने प्रावधान छैन तर सार्वजनिक खरिद ऐन २०६३ को दफा ३७ बमोजिम परामर्श सेवा खरिदमा सम्झौता अघि वार्ता गर्न सकिन्छ तर त्यस्तो वार्ता कार्यक्षेत्रगत र प्रस्तावित सेवाको कार्यक्षेत्र, प्रगति प्रतिवेदन, सार्वजनिक निकायले उपलब्ध गराउनु पर्ने सुविधाका विषयमा हुनुपर्दछ । तर प्रस्तावको छनोट गर्न गुणस्तर विधि अपनाइएको अवस्थामा बाहेक आर्थिक प्रस्तावमा पेश भएको पेशाविदहरुको पारिश्रमिक सम्बन्धमा वार्ता हुन सक्ने छैन ।