कस्तो अवस्थामा वार्षिक खरिद योजना तयार गर्नु पर्दछ ?

सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८ उपनियम १ बमोजिम दश लाख भन्दा बढी रकमको खरिद गर्नु पर्ने भएमा आगामी आर्थिक वर्षको अनुमानित वार्षिक कार्यक्रम तथा बजेट तयार गर्दा आगामी आर्थिक वर्षमा गर्ने वार्षिक खरिद योजना तयार गर्नु पर्दछ । तर विद्युत्तीय खरिद प्रणाली ( E-Gp system ) बाट खरिद गर्दा भने जतिसुकै रकम भएपनि खरिद योजना बनाउनुपर्दछ ।