सार्वजनिक निकायले खरिद विधि छनौट गर्दा तथा बोलपत्रदाताको योग्यता निर्धारण गर्दा कसरी गर्न सकिन्छ ?

सार्वजनिक निकायले तयार गर्ने लागत अनुमानमा सार्वजनिक खरिद नियमावली २०६४ को अनुसुची १ र २ मा भएको ब्यवस्था अनुसार कन्टिन्जेन्सी खर्च, मूल्य समायोजन कन्टिन्जेन्सी वापतको रकम, फिजिकल कन्टिन्जेन्सी बापतको रकम र मूल्यअभिवृद्धि कर बापतको रकम समावेश गरी कुल लागत अनुमान बनाउनु पर्ने र सोही आधारमा खरिद विधिको छनौट गर्नुपर्नेछ।त्यस्तै बोलपत्र वा परामर्श सेवा प्रदायकको योग्यताको आधार तय गर्दा मूल्यअभिवृद्धि कर बाहेकको रकमलाई आधार लिई गणना गर्नुपर्ने कुरा यस कार्यालयले जारी गरेको नमूना बोलपत्र सम्बन्धी कागजातमा उल्लेख गरिएको छ ।