बोलपत्र कागजात बनाउँदा निर्माणस्थलको भ्रमण अनिर्वाय गर्न सकिन्छ कि सकिदैन ?

सार्वजनिक खरिद नियमावली २०६४ को नियम ५१ बमोजिम बोलपत्र तयार गर्न र खरिद सम्झौता गर्न आवश्यक सूचना प्राप्त गर्न बोलपत्रदाता आफै वा निजको कर्मचारी वा एजेन्टलाई आफ्नै खर्चमा सम्भावित जोखिम प्रति आफै उत्तरदायी हुने गरी निर्माण स्थलको भ्रमण गर्न गराउन सकिने व्यवस्था छ । तर निर्माणस्थलको भ्रमण अनिर्वाय गर्न सकिदैन, यो बोलपत्रदाताको स्वेच्छिक अधिकार हो ।