बोलपत्रदाताले पेश गरेको कबोल अंक लागत अनुमान भन्दा बढी भएको अवस्थामा सारभूत प्रभावग्राही बोलपत्र कसरी निर्धारण गर्न सकिन्छ ?

कुनै निश्चित रकम वा प्रतिशतले घटी वा बढी भएमा स्वीकार वा अस्वीकार गर्ने विषय नभई लागत अनुमान तयार गर्दा लिईएका आधार तथा मूल्याङकनमा देखिएको अवस्थाको विश्लेषण गरी पुन: बोलपत्र आब्हान गर्दा लाग्ने थप प्रत्यक्ष प्रशासनिक खर्च, कामको जरुरीपना तथा पुन: सूचना आह्वान गर्दा लागत अनुमानमा हुन सक्ने परिवर्तन जस्ता पक्षहरुसमेतको दररेट विश्लेषण तालिका बनाइ सो कबोल अंक सारभूतरुपमा लागत अनुमान भित्र नै हुने अवस्था देखिएमा मूल्यांकन समितिको सिफारिसमा कार्यालय प्रमूखले निर्णय गरि सारभूतरुपमा प्रभावग्राही बोलपत्र छनौट गर्न सकिन्छ ।तथापि सार्वजनिक खरिद ऐन २०६३ को दफा ४० को उपदफा ५ बमोजिम सिलबन्दी दरभाउपत्रको हकमा भने लागत अनुमान भित्र परेको न्युनतम मूल्यांकित दरभाउपत्र स्वीकृत गर्नुपर्ने व्यवस्था छ ।