बोलपत्रदाताको कबोल रकम एकाइ दर (Unit Price) रकुल रकम (Total Price) फरक परेमा कुनलाइ मान्यता दिने हो ?

सार्वजनिक खरिद ऐन २०६३ को दफा २३ को उपदफा ८ बमोजिम बोलपत्र परिक्षण गर्दा बोलपत्रमा कुनै अंकगणितीय त्रुटी पाइएमा सार्वजनिक निकायले त्यस्तो त्रुटी सच्याउन सक्नेछ । र त्यसरी त्रुटी सच्याउदा एकाइ दर र कुल रकम भिन्नता भएमा एकाइ दर मान्य हुनेछ र सोहि दर बमोजिम कुल रकम सच्याउनु पर्नेछ ।