प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ सिल्लागा दशमी - २५

कुनै एउटा J/V Partner कालोसूचीमा रहेको अवस्थामा निज समेत समावेश भएको कुनै बोलपत्रदाता जेभी लाइ मूल्याङ्कनमा समावेश गर्न मिल्ने वा नमिल्ने वा निज समावेश भएको जेभिसँग सम्झौता गर्न मिल्छ वा मिल्दैन ?

सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ अनुसार कालो सूचिमा राखिएको बोलपत्रदाता, परामर्शदाता, प्रस्तावदाता, सेवा प्रदायक, आपूर्तिकर्ता, निर्माण ब्यवसायी वा अन्य व्यक्ति फर्म कम्पनी वा संस्थाले कालो सूचीमा रहेको अवधिसम्म सार्वजनिक निकायको खरिद कारवाहीमा एक्लै वा सयुक्त उपक्रम गरी सार्वजनिक निकायको नयाँ खरिद कारवाहीमा भाग लिन पाउदैन । नयाँ भन्नाले बोलपत्र मूल्याङ्कन भएको, आशय पत्र जारी भएको वा सम्झौताको लागि पत्र जारी भएको तर सम्झौता गर्न बाँकी समेत बुझ्नु पर्छ ।