बोलपत्रको माध्यमबाट भएका खरिदका सम्बन्धमा सम्झौता गर्न आउने सूचना जारी गरेको समय भित्र नै सम्झौता हुन नसकेमा म्याद थप गरेर सम्झौता गर्न सकिन्छ ?

सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा ३ बमोजिम छनौट भएको बोलपत्रदाताको बोलपत्र स्वीकृत गरि निजलाई पन्ध्र दिनभित्र खरिद सम्झौता गर्नका लागि कार्यसम्पादन जमानत दाखिला गर्न सूचना दिनुपर्नेछ।सोहि दफाको उपदफा ६ बमोजिम सो अवधिभित्र कार्यसम्पादन जमानत दाखिला गरी खरिद सम्झौता गर्न नआएमा त्यसपछिको न्युनतम मूल्यांकित सारभूतरुपमा प्रभावग्राही बोलपत्रदाताको बोलपत्र क्रमश स्वीकृत गरी निजलाइ खरिद सम्झौता गर्न सूचना दिनुपर्नेछ ।