परामर्शदाताले पेशागत दायित्व बीमा (Professional Liability Insurance) कति दिनभित्र पेश गर्नुपर्छ ?

सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८१ को उपनियम ७ बमोजिम परामर्शदाताले सम्झौता गरेको तीस दिनभित्र सम्झौताको कुल रकम समेटने गरी सार्वजनिक निकायलार्इ निशर्त भुक्तानी हुने गरी पेशागत दायित्व बीमा ( Professional Liability Insurance) पेश गर्नुपर्नेछ ।