बोलपत्रको मान्य अवधि कति हुनु पर्दछ ?

सार्वजनिक खरिद नियमावली २०६४ को नियम ५४ बमोजिम १० करोड रुपैया सम्मको लागत अनुमान भएको बोलपत्र वा परामर्श सेवाको प्रस्तावको लागि ९० दिन र १० करोड रुपैया भन्दा जतिसुकै बढी लागत अनुमान भएको बोलपत्र वा परामर्श सेवाको प्रस्तावको लागि १२० दिन बोलपत्रको मान्य अवधि हुनुपर्छ । बोलपत्रको मान्य अवधि भित्रमा खरिद सम्झौता गरिसक्नुपर्छ ।